स्याङ्जा १६फाल्गुन । भीरकोट नगरपालिका ६ लुव्दीखोलामा प्याग्लाइडिङ् दुर्घटना हुँदा एक जना फ्रान्सेली नागरिक घाइते भएका छन् । भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याग्लाइडर नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाईनबाट जोखिन खोज्दा ३५ बर्षीय फ्रान्सेली नागरिक साईरुम हेनरी ब्रोली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गम्भीर घाइते साइरुमको हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी नबिन कृष्ण भण्डारीले जानकारी दिए । भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याराग्लाईडिङ पकान फाट नजिकै अवतरणका क्रममा बिजुलीको तारबाट जोगिन खोज्दा दुर्घटना भएको बाबु एडभेन्चरका प्याराग्लाईडिङ संचालक सानुबाबु सुनुवारले बताए ।
घाइतेलाई फिष्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । बाह्रय चोट नदेखिएको र बोल्न सक्ने अबस्था रहेको प्रहरीले जनाएको छ । वडाप्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेको कमाण्डमा खटिएको टोलीलेले उनको उद्दार गरेको थियो ।
घाइतेको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । अहिलेसम्म बिजुलीको तारकै कारण ५/६ पटकसम्म यस क्षेत्रमा दुर्घटना भैसकेको भएता पनि सम्बन्धित निकायले ध्यान नदिएको प्याराग्लाईडिङ सञ्चालक सुनुवारको आरोप छ ।राजधानी डेलिबाट