वर्षा राउतले केही दिनअघि मिडियाको दबाबका कारण फिल्म साइन गर्नुपरेको गुनासो गरिन्। राम्रो फिल्म पर्खंदा मिडियाले वर्षाले फिल्म पाइनन् भनेर लेखेपछि धमाधम फिल्म साइन गरेको उनको तर्क थियो। नभन्दै एक हप्ताको अन्तरालमा उनका दुई फिल्म ‘२ नम्बरी’ र ‘के घर के डेरा’ घोषणा भए। तर, वर्षा यतिमै रोकिएकी छैनन्। उनले ‘नाइँ नभन्नू ल ६’मा पनि काम गर्न स्वीकृति दिइसकेकी छिन्। मतलब, वर्षाको हातमा अर्को साललाई तीन–तीन वटा फिल्म कन्फर्म छन्।
एउटा–दुइटासम्म फिल्म साइन गर्न, मानौँ उनलाई दबाब थियो। तर, त्यसपछि पनि लगातार फिल्म साइन गर्न पनि के मिडियाले नै दबाब दिएको थियो ? मौकामा कुरा बनाउन हिरोइन माहिर हुन्छन्। वर्षाले पनि ब्याक टू ब्याक फिल्म साइन गरेको आरोपपछि आफूलाई बचाउन दोष मिडियामाथि थुपारेकी थिइन्। तर, विगत एक वर्षमा उनलाई फिल्मको अफर नै नआएको कसलाई थाहा छैन र ?अन्नपूर्णा पोस्ट बाट
