मलेशियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले राजीनामा दिएका छन् । महाथिरले राजासमक्ष राजीनामा बुझाउदै नयाँ सरकार गठनका लागि बाटो खुला गरेको बताएका छन् ।
यसअघि १९८१ देखि २००३ सम्म प्रधानमन्त्री रहिसकेका महाथिरले नाजिब रजकलाई हराएर २०१८ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
राजीनामा बारे थप केही विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
