गौशाला ११ फाल्गुन/महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. २ स्थित श्री मा. वि. निगाैलमा शनिवार विधालय व्यवस्थापन समिति सर्वसहमति बाट गठन गरिएकाे छ । शत्रुधन महराकाे अध्यक्षतामा नाै समिति गठन भएकाे छ समितिका सदस्यहरुमा राम कृपाल महताे ,जग्गा दाँता बाट राम एकवाल महताे, शिक्षा बाट राम चन्द्र चाैधरी, महीला बाट श्रीवति देवि महताे, ललिता देवी महताे र वडा बाट पद्निय सदस्य वडा अध्यक्ष शेख सलामलाई चयन गरिएकाे विधालयका प्र.अ. जितेन्द्र कुमार सिंहले जनाए ।
महरालाई दाेस्राे कार्यकालकाे लागि विधालय व्यवस्थापन समितिकाे अध्यक्षय बनाईएकाे हाे ,साे बैठकमा नगर शिक्षा महासंघ बाट नकुल उप्रेती, नगर शिक्षक संघ समिति र शिक्षा शाखाका प्रतिनिधि लगायत विभिन्न विधालयका प्र.अ.तथा प्रतिनिधि लगायत अभिभावहरुकाे उपस्थिति रहेकाे थियाे साे बैठक वडा न. २ काे वडा अध्यक्ष शेख सलामकाे अध्यक्षतामा बसि सम्मन्न भएकाे थियाे ।