नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · बिधालय · समाचार

क्याम्पस सञ्चालक समितिको अध्यक्षमा चौधरी चयन

शम्भु चौधरी, लहान १३ कार्तिके । लहानको जे एस मुरारका बहुमुखी क्याम्पसको सञ्चालक समितिको दोस्रो कार्यकालको लागी अध्यक्षमा महेश प्रसाद चौधरी शुक्रबार चयन भएको छ। क्याम्पसको विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै उहाँलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

क्याम्पसको छैठो सभाबाट चौधरीलाई अध्यक्षमा चयन गरिएको क्याम्पस श्रोतले बताएका छन। उहाँको नेतृत्वमा क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री वातावरण निर्माण र शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा थप काम हुने अपेक्षा गरिएको छ।

निर्विरोध अध्यक्षमा चयन भएपछि चौधरीले क्याम्पसको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

क्याम्पस परिवार तथा स्थानीय सरोकारवालाहरूले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।