नरेन्द्र महतो गौशाला ७ फाल्गुन ।आज प्रजातन्त्र दिवस १०४ वर्षको राणा जहनिया शासनको अन्त गरि २००७ साल फाल्गुण ७ गते देशमा प्रजातन्त्र स्थापना भएको दिन हो ।
प्रजातन्त्र भने वित्तिकै अनुहारमा मुस्कान मनमा शान्ति अनुभुत भएको होला । देशका चार सपुतहरुमा सहिद शुक्रराज शास्त्री,सहिद धर्मनाथ,सहिद दरशरथचन्द र सहिद गंगलाल श्रेष्ठले आफ्नो ज्यान, आमा, बाबू, छोरा छोरी तथा जीवन साथि विताउने सँग कसम खाए पनि देश खातिर आफ्नो जिउलाई प्रवाह नगरी जहनिया शासनको अगाडि टाउको नझुकाएर देशको लागि झुन्डिएर तथा गोलि खाएर मर्न तयार भयो, उहाँहरु लगायत धेरै नेपाली जनताहरुले वलिदान दिएको कारण देशमा प्रजातन्त्र स्थापना भएको हो र त्यहि मार्गमा अरु आन्दोलन समय समयमा सफल भएका छन ।
सहिदको नारा दिएर नेताहरु बैतरणि पार त भयो,नेता तथा कार्यकर्ता लाखपति तथा करोड पति भयो तर जनता र सहिद परिवारले अहिले सम्म भौतारि रहेका छन छट्टपट्टाईरहेका छन विचलितमा परेको छन, टाउको माथि छत छैन, खानको लागि चावल छैन लगाउनको लागि लुगा छैन, युवाहरु खाडिमुलुकहरुमा नरकिय जीवन विताईरहेका छन तर हाम्रा देशका नेता प्रजातन्त्रको दिन मलहम पट्टि लगाउने बाहेक कुनै काम गरेकै छैन, मलहम पट्टि लगाउनको लागि ज्यानको आहुति दिएको छैन होला उहाँहरुले नेपाल र नेपाली जनताको सुखि र समर्द्विको कल्पना गरेका थिए प्रजातन्त्र आए पछि जनतामा सुख र शान्ति आउँछ, न्याय मिल्छ तर त्यो नेदेखेर सहिद परिवार लगायत आम नेपाली जनताहरु दुःखित बनेका छन तर प्रजातन्त्रको सुत्र अनुसार कोहि राजनेताको रुपममा जन्म लिन सकेन ।
नेपालका पडोसि देश भारतलाई अंग्रेजहरुले कब्जा गरेको थियो तर अंग्रेजको हाथ बाट मुक्त भए पछि आज भारत विश्वको चौथो शक्तिशालि देश बन्न पुग्यो, नेपाल जरजर अवस्था बाट गुजरिरहेको छ जसको कारण राजनितीक क्रमीहरुमा दिर्घकालिन सोच । तर यहाँ सोचे अनुसारको विकास नभएको त्यसको मुख्य कारण राजनितीक स्वार्थ राखेर नेताहरुले अगाडि बढन कोशिस गरे ।
देश विकास नि स्वार्थ भावनाले गर्नु पर्छ तर यी नेपाली नेताहरुमा खडेरी परेका छन । हाम्रा केही अग्रज नेता जन्म लिएर गए पनि आजको नेताहरुले उहाँहरुले देखाएको बाटो विराएको कारणले देश वासि दुःख पाईरहेको छ र देशमा आर्थिक उन्नति र प्रगति हुन नसकेको हो । अझै समय छ समयमा सोचेर देश विकासको गतिलाई अगाडि बढाउ ।
सुखि जनता, समर्द्वि नेपाल र सहिदले देखाएको बाटोमा अगाडि बढेमा सबै नेपालीको कल्याण हुनेछ तब मात्र जनता प्रजातन्त्र आएको अनुभूति गर्नु हुनेछ ।
