• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रेमलाई बिहेमा परिणत गर्ने यी हुन् १० फिल्मी जोडीहरू

नेपाल पोस्ट दैनिक
    February 16, 2020  मा प्रकाशित

Spread the love
      

चलचित्र क्षेत्रमा लागेका कलाकारको प्रेम र बिबाह लामो समय टिक्दैन भनिन्छ । केही उदाहरणले यो तर्कलाई सत्य सावित पनि गरेको छ । तर, चलचित्रको पर्दामा देखिने धेरै यस्ता कलाकार छन्, जसले आफ्नो प्रेमलाई बिहेमा परिणत गरेर रमाइरहेका छन् । प्रेम दिवसको अवसर पारेर हामीले यहाँ केही यस्ता जोडीको चर्चा गरेका छौ, जसले आफ्नो प्रेमलाई बिहेमा परिणत गरेका छन् ।

१. राजेश हमाल–मधु भट्टराईः नायक राजेश हमाल र मोडल मधु भट्टराइको प्रेम करिब ७ बर्ष चलेको थियो । ७ बर्षसम्म गुपचुप प्रेम गरेका हमालले केही बर्ष अगाडि मात्र मधुसँग बिहे गरेका थिए । हमाल र मधु अहिले सुखद दाम्पत्य जीवनमा रमाइरहेका छन् ।

२. आर्यन सिग्देल–सपना भण्डारीः नायक आर्यन सिग्देल र सपना भण्डारीले पनि केही बर्ष प्रेम गरे । आर्यनले सपनासँगको प्रेमलाई सार्वजनिक गरेको केही समयपछि उनीसँग बिहे गरेका थिए । अहिले आर्यन र सपनाले छोरालाई जन्म दिइसकेका छन् ।

३. बर्षा राउत–संजोग कोइरालाः नायक संजोग कोइराला र नायिका वर्षा राउतको प्रेम करिब ६ बर्ष चल्यो । ६ बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले गतबर्षको प्रेम दिवसको दिन बिबाहमा परिणत गरेका थिए । संजोग र बर्षाको प्रेम जती प्रिय थियो, बिहेपछि पनि उनीहरुको जोडीको प्रेममा कुनै परिवर्तन आएको छैन ।

४. निशा अधिकारी–शरद भेष्वाकरः नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेम केही समय चल्यो । मिडियामा प्रेमको खबर खुबै आएपछि यो जोडीले ब्रेकअपको हल्ला समेत फैलाएको थियो । तर, पछि यो जोडीले बिहे गरेको थियो । बिहेपछि नीशा अमेरिका हानिइन् । अमेरिकामा नै गएर उनले छोरालाई जन्म समेत दिएकी थिइन् ।

५. ऋचा शर्मा–दिपेक्ष राणाः नायिका ऋचा शर्मा र व्यवसायी दिपेक्षा राणाको प्रेम सम्बन्ध करिब २ बर्ष चल्यो । २ बर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले यो बर्षको मंसिर महिनामा बिहेमा परिणत गरेको हो । ऋचा र दिपेक्षले जिन्दगीको लामो यात्रा गर्ने कसम खाएका छन् ।

६. स्वस्तिमा खड्का–निश्चल बस्नेतः उसो त नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतले लामो समय प्रेमको यात्रा गरेनन् । सामाजिक संजालबाट सुरु भएको बोलीचाली केही समय प्रेममा परिणत भयो र उनीहरुले बिहे गरे । बिहेपछि यो जोडी अहिले आदर्शको रुपमा परिचित छ । दुबै जना चलचित्रमा सक्रिय छन् ।

७. गरिमा पन्त–हरि सिलवालः नायिका गरिमा पन्तले यूरोपमा रहेर व्यवसाय गर्दै आएका व्यापारी हरि सिलवालसँग केही बर्ष प्रेम गरिन् । हरि र गरिमाले आफूहरुको गहिरो प्रेमलाई बिहेमा परिणत गरे । अहिले गरिमा हरिसँगै यूरोपमा छिन् । यूरोप लागेसँगै गरिमाले चलचित्र यात्रालाई पनि विश्राम दिएको अवस्था छ ।

८. रेनशा राई–प्रज्ज्वल शमशेर राणाः निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता तथा हल व्यवसायी प्रज्ज्वल शमशेर राणाको प्रेम पनि चलचित्र क्षेत्रका लागि चर्चाको बिषय बनेको थियो । यी दुइ पनि लामो समय प्रेम सम्बन्धमा रहेका थिए । यो जोडीले आफूहरुको प्रेम सम्बन्धलाइ गतबर्ष बिहेमा परिणत गर्यो । अहिले यी दुई चलचित्र सम्बन्धी काममा बढी व्यस्त छन् ।

९. सिताराम कट्टेल–कुञ्जना घिमिरेः हाँस्य कलाकार जोडी सिताराम कट्टेल तथा कुञ्जना घिमिरेले सिरियलमा काम गर्दा गर्दै एक अर्कालाई मन पराएका थिए । दुबैले एक साथ जीवन अगाडि बढाउने निर्णय पनि गरे । सिरियलमा काम गर्दा गर्दै सुरु भएको यी दुइको प्रेम सम्बन्ध पछि बिहेमा परिणत भएको थियो । अहिले यो जोडी समाजसेवा तथा चलचित्रमा अभिनय गर्नमा व्यस्त छन् ।

१०. दीपिका प्रसाई–दिवाकर भट्टराईः नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराइको प्रेम सम्बन्ध ४ बर्ष भन्दा बढी समय चल्यो । यी दुइले एक अर्कालाई मन पराएसँगै दीपिकाको चलचित्र करिअर सुरु भएको थियो । चलचित्रमा लागेको केही समयमै दीपिकाले दिवाकरसँग कोर्ट म्यारिज गरेकी थिइन् । पछि, यो जोडीले परम्परागत शैलीमा बिहे गर्यो ।

यी बाहेक चलचित्रमा काम गर्ने यस्ता थुप्रै कलाकार छन्, जसले आफ्नो प्रेमलाई बिहेमा परिणत गरेर रमाइरहेका छन् । निर्माता सुनिल कुमार थापा र नायिका झरना थापा, नायिका संचिता लुइटेल र नायक निखिल उप्रेती यसको उदाहरण हुन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑