मुख्य समाचार

उपसभामुख, कसैले पनि आफ्ना जरा र धरातल भुल्न हुँदैन

काठमाडौं काठमाडौँ ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फले राजीनामा दिएकी हुन्।

साढे १ बजे सुरु भएको बैठकको अध्यक्षता गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फे नयाँ सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने निश्कर्षमा आफू पुगेको बताएकी थिइन्। बैठकको अध्यक्षता गर्दै छोटो मन्तव्य दिएपछि उनले बैठक चार बजेसम्मका लागि स्थगित गरिएको छ।

सभामुख चयनको किचलोले झन्डै एक महिनादेखि बन्धक बनेको संघीय संसदको  बैठक अब सुचारु हुने भएको छ। औपचारिक राजीनामा दिनुअघि बैठकको अध्यक्षता गर्दै आफ्नो भनाइ राख्‍ने इच्छा राखेपछि त्यहीअनुसार दुईवटा बैठक राखिएको हो। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।