Breaking News · अटो · अन्तर्वार्ता · अर्थनीति · कभर स्टोरी · खेलकुद · गृह सजावट · छुटपुट · देश · देश बाहिर · धर्म-संस्कार · नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट · पर्यटन · प्रदेश १ · प्रदेश २ · प्रदेश ३ · प्रदेश ४ · प्रदेश ५ · प्रदेश ६ · प्रदेश ७ · प्रवास · फिचर · फिटनेस · फेसन · बिजनेस · बैँक / वित्त · मनोरञ्जन · मुख्य समाचार · यौन स्वास्थ्य · रोजगार · विचार · विचित्र संसार · समाचार · सामाजिक संजाल · साहित्य · सिफारिस · सूचना-प्रविधि · सौन्दर्य · स्वास्थ्य-जीवनशैली

थाइल्यान्डबाटै करोडौं ठगी गर्ने र मानव तस्करी गर्दै आएको आरोपमा परशुराम पक्राउ

काठमाडौं, जेठ ११ । थाइल्याण्डमा बसेर मानव तस्करी गर्दै आएको आरोपमा परशुराम गुरुङ पक्राउ गरेका छन् । थाइल्याण्डमा पक्राउ गरेका उनलाई १० जेठमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

३८ वर्षीय गुरुङले आफूलाई कमल, पारस, मनोज, किम, अधिराज, प्राताप लगायतका नामले चिनाउने गरेको पीडितहरुबाट थाहा भएको छ ।

थाइल्याण्डमा बस्दै आएका उनले सामाजिक सञ्चालमार्फत सम्पर्क गरेर विभिन्न देशमा पुर्‍याइदिने, पीआर पदलाइदिने लगायतका प्रलोभन देखाउने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनले एक जनाबाट ५ लाख २० लाखसम्म दिने गरेका थिए र यसरी उठाएको रकम १३ करोड बडी भएको पाइएको छ । रकम लिएपछि उनले भिजिट भिसामा बैंककसम्म पुर्‍याउने, एकान्त स्थानमा रहेको होटल तथा फ्षटमा राख्ने र धम्क्याउने गरेको पाइएको छ ।

उनीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ५० भन्दा बढी पीडितले जाहेरी दिएका छन् । उनको नाममा इन्टरपोलबाट डिफ्युजन नोटिस समेत जारी भएको थियो । थाई प्रहरीको सहयोगमा चैत १३ गते पक्राउ गरिएको उनलाई प्रक्रिया पुर्‍याएर १० जेठमा नेपाल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।