काठमाडौँ ४ पुस । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मलाई स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपातिर नलागेपछि आजको बैठक पनि स्थगित भएको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले विवाद समाधानउन्मुख देखिएकाले आजको बैठक स्थगित गरिएका जानकारी दिए ।
उनका अनुसार आगामी बैठक पुस १० गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नआएको भन्दै बैठक बहिष्कार गर्दै आएको थियो ।
