Breaking News

धनुषा बम विष्फोट ३ जना पक्राउ, अनुसन्धानका लागि समिति गठन

धनुषा, २८ मंसिर ।  शुक्रबार मध्यराति ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली समेत गठन भएको छ।

महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी इन्स्पेक्टर अमिर कुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।