Breaking News

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट

लहान २८ मंसिर । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ।

गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराइएको हो। विस्फोटबाट कार्यालयका झंयाल, ढोका टुट फुट भएको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । मंसिर १३ गते पनि सिरहाको धनगढीमाई नगरपालिकाको ढोकामै अज्ञात समूहले कुकर बम राखेको थियो । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।