Breaking News

मारुती सिमेन्टमा आन्दोलन : प्रसंग मजदुर आत्महत्या

सिरहा,  २४ मंसिर ।  मजदुर आत्महत्याको विरोधमा मारुती सिमेन्टमा विरोध प्रदर्शन सुरु भएको छ ।

२ वर्षदेखी कार्यरत २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरे पछि विरोध सुरु भएको छ । व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले पूरवपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।