काठमाडौं, २४ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज समापन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापन समारोहलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्।
स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री समापन समारोहस्थल दशरथ रंगशाला जान नसक्ने भएपछि प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्रीले पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहनसहित विशेष सम्बोधन गर्न लागेको बताए। समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुँदैछ दैनिक नेपालबाट
