शम्भु चौधरी लहान २० मंसिर । सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुर चौक स्थित भारतबाट नेपाल तर्फ भारतीय रुपैयाँ ५ लाख २९ हजार र नेपाली रुपैया ४९ हजार ल्याउदै गरेका कार सहित चार नेपाली नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेका छन।

प्रहरीले पाएको बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहान, सिरहाबाट खटिएको प्रहरी टोलिले भारतको लौकाहाबाट आउँदै गरेको डब्लु बि ०६ एफ ७२३२ नम्बरको फैट कार लाई रोकि चेकजाच गर्दा सिरहाको कर्जन्हा न. पा. ९ को ३२ बर्षिया उमेश कुमार महरा , सिरहा लहान न. पा.१९ को २९ बर्षिया जिवछ कुमार साह ,लहान न. पा. २०को ४० बषिया श्रीदेव महतो र सुनसरी रामधुनी न. पा. ९ को ३९ बर्षीया श्रवण कुमार चौधरीको साथबाट भारतीय रुपैया रु ५ लाख २९ हजार र नेपाली रुपैया ४९ हजार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनालाई भारतीय रुपैया रु ५ लाख २९ हजार र नेपाली रुपैया ४९ हजार र कार सहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डि एस पी भेसराज रिजालले बताएका छन।
