मुख्य समाचार

चिकित्सक सिंह : मिर्गौला प्रत्यारोपण गर्न सिंगापुर र अमेरिका जानै पर्दैन

काठमाडौं १९ लहान । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर बिहीबार सरकारी निवास बालुवाटार फर्किएका छन्।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

त्यसपछि उनलाई आइसियुमा राखिएको थियो।

१० दिन अस्पताल बस्दा प्रधानमन्त्री ओलीको उपचार खर्च  २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको अस्पताल स्रोतले जनाएको छ। प्रधानमन्त्रीको उपचारमा लागेको खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको छ।

प्रधानमन्त्री ओलीले डिस्चार्ज भएपछि उनकी निजी चिकित्सक दिव्या सिंहले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले अहिलेकै अवस्थामा मन्त्रिपरिषद बैठक राख्न सक्ने बताइन्।

‘उहाँले अहिले पनि सरकार र पार्टीका बैठक राख्न सक्नुहुन्छ। दुई सातापछि त मंसिर १० अघिकै अवस्थामा फर्किनुहुन्छ,’ डाक्टर सिंहले भनिन्।

उनले प्रधानमन्त्री ओलीको २-३ महिनाभित्रै मिर्गौला प्रत्यारोपण गर्न सकिने बताइन्।

‘२-३ महिनाभित्रै उहाँको मिर्गौलाको प्रत्यारोपण गर्न मिल्छ। तर कहाँ गर्ने र कहिले गर्ने भन्ने हामीले निर्णय गरिसकेका छैनौं,’ डाक्टर सिंहले भनिन्,‘मैले व्यक्तिगत रूपमा त नेपालमै गरौं भन्छु।’

नेपालमा पनि मिर्गौलाको सफल प्रत्यारोपण भइरहेकाले विदेश जानु आवश्यक नभएको सिंहले बताए।

‘अमेरिका र सिंगापुर सकभर जाँदैनौं,’ उनले भनिन्।

डाक्टर सिंहले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दा केही जोखिम हुने भए पनि धेरैले सफलतापूर्वक दुई/तीन पटक प्रत्यारोपण गरेको बताइन् । सेतोपाटिबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।