मुख्य समाचार

धरानकाे मेयरमा कांग्रेसका तिलकले जित हात पारे

काठमाण्डाै, १६ मंसिर ।  सुनसरीको धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

तिलकले २६,७०९ मत प्राप्त गरेका हुन् । नेकपाका प्रकाश राईले २३,९१४ मत पाए ।

नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले पछि पार्दै तिलकले जित हात पारेका हुन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो ।

शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।