Breaking News

चितवनको दुबै वडामा कांग्रेसले बाजी मार्‍यो

चितवनको दुबै वडामा नेपाली कांग्रेसले बाजी मारेको छ। खैरहनि वडा नं. ४ र ५ मा प्रतिद्वन्द्वी नेकपालाई हराउँदै कांग्रेसले बाजी मारेको हो।

खैरहनि वडा ४ मा २१६० मत खसेकोमा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले ११३८ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार वेद बहादुर अधिकारीले ९८६ मत ल्याएका निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए।

त्यस्तै ,खैरहनि वडा ५ मा १६७० खसेको मतमा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले ८४२ मत ल्याएकी छन् भने नेकपाका तर्फबाट कूल नारायण प्रधानले ७५६ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।