Breaking News

सिरहामा शान्तिपूर्णरुपमा मतदान हुँदै

सिरहा १५ मंसिर ,बिष्णुपुर  सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेल्हामा  शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । चुनावको लागि सोही वडाको बिष्णुचरन मा बि र अधारभुत बिदालय तिलासि मतदान केन्द्रमा मतदान भैरहेको हो ।

बिष्णुचरण श्रेष्ठ माविमा बिहान १२ बजेसम्म ७० प्रतिशत मत र अधारभुत बिदालय तिलासिमा ६० प्रतिशत मत खसिसकेको मतदान केन्द्र बेल्हाले जनाएको छ ।

उप निर्वाचन अन्तर्गत सिरहा जिल्ला को एक स्थानीय तहमा भैरहेको सो चुनावमा विभिन्न पार्टीहरु बाट जम्मा १३ जना ले उम्मेदवारी प्रतिस्पर्धामा  छन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।