मुख्य समाचार

उच्च अदालतले माग्यो जिल्लाको आदेश, महरा प्रकरण

काठमाडौं  ६ मंसिर, । उच्च अदालत, पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुको कारणबारे काठमाडौं जिल्ला अदालतको प्रतिवेदन माग गरेको छ ।

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतका आदेशमा थुनामा पठाइएका थिए ।

उच्च अदालतका सूचना अधिकारी मोहन सुवेदीका अनुसार उच्च अदालतलले जिल्ला अदालतलाई पत्र लेखेर प्रतिवेदन मगाउनेछ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो ।

त्यसयता उनी डिल्लीबजार कारागारमा छन् । महरा १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।