• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विल्डअन’ नेपालले सिरहामा २० वटा आधारभूत विद्यालयमा भवन निर्माण गर्ने

नेपाल पोस्ट दैनिक
    March 21, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ७ चैत्र । विल्डअन’ नेपालले मधेस प्रदेश भरीमा ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने भएको छ । सन् २०२६ भित्र उक्त लक्ष्य पूरा गर्ने योजनासहित संस्थाले काम अघि बढाएको हो । आज सिरहाको लहानमा आयोजित कार्यक्रममा विल्डअन नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ ।
सम्झौता भए अनुसार आधारभूत विद्यालय सिंगराही मटियर्वा लहान १, मधेस सहिद विजय सहनी आधारभूत विद्यालय चम्पापुर लहान ४ र स्थित भानु आधारभूत विद्यालय लहान २ मा तीन कोठे भवन तथा दुई कोठे शौचालय निर्माणको संयुक्त रूपमा विल्डअनको केन्द्रीय कार्यालय धनगढीकी निर्देशक निर्मला चौधरी र लहान नगरप्रमुख महेशप्रसाद चौधरीले शिलान्यास गरिएको हो ।
निर्देशक चौधरीका अनुसार ग्रामीण क्षेत्रमा शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सिरहामा २० वटा तथा मधेस प्रदेश भरीमा ४० वटा विद्यालय भवन निर्माण गर्ने योजना रहेको बताइन । निर्माण कार्य तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।
निर्देशक चौधरीका अनुसार निर्माण कार्यमा छड, सिमेन्ट, फलाम, फर्निचरलगायत सामग्री संस्थाले उपलब्ध गराउनेछ भने स्थानीय तहले बालुवा, गिट्टी र ढुङ्गा उपलब्ध गराउनेछन् । साथै, स्थानीय समुदायको अपनत्व र दीगोपनाका लागि श्रमदान अनिवार्य गरिएको छ ।
यता नगरप्रमुख चौधरीले शैक्षिक क्षेत्रमा संस्थाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै नगरबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए । वहाँका अनुसनर “सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारविना गुणस्तरीय शिक्षा सम्भव हुँदैन । यस प्रकारको साझेदारीले शिक्षाको स्तर उकास्न ठूलो सहयोग पुग्नेछ । नगरपालिकाको तर्फबाट आवश्यक स्रोतसाधन र सहकार्यमा कुनै कमी हुन दिइने छैन ।”
सन् १९९४ देखि विद्यालय संरचना निर्माण र साक्षरता अभियानमा सक्रिय रहेको विल्डअनले समाजकल्याण परिषद्बाट स्वीकृति लिएर मात्र निर्माण प्रक्रिया अघि बढाउने गरिएको जनाएको छ । हालसम्म संस्थाले नेपालका सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगाएतमा चार सय ५७ विद्यालयमा भवन निर्माण गरिसकेको छ भने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी १५ वटा विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेको बताईन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑