• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

डा. संगीताको मात्र होइन कुलमान विरूद्ध पनि उजुरी छ अख्तियारमा

नेपाल पोस्ट दैनिक
    September 22, 2025  मा प्रकाशित

Spread the love
      

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ खान तम्सिएकी डा. संगीता कौशल मिश्रा अन्तिम समयमा हुस्सिएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बनाउन सिफारिस गरेकी थिइन्। तर, उनको नामलाई लिएर विवाद भएपछि सपथ खान पाइनन्।

सचिव नबनाएपछि ६ महिनासम्म मन्त्रालय नआएकी डा. मिश्रा सरकार परिवर्तनसँगै एकाएक सक्रिय भइन्। स्वास्थ्य मन्त्रालयमा हाजिर हुन आएको केही दिनमै मन्त्री बन्ने अफर आयो । सुरुमा अस्विकार गरेकी उनले प्रधानमन्त्रीबाट नै अनुराेध भएपछि छदाखादाको अतिरिक्त सचिवबाट राजीनामा दिइन्। न डा. मिश्रा स्वास्थ्य मन्त्री भइन् न त अतिरिक्त सचिव नै रह्यो। डा. मिश्राले ‘भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको’ जस्तो भएको छ। उनी अतिरिक्त सचिवबाट सधैका लागि घर गएकी छिन्।

डा. मिश्रालाई स्वास्थ्यमन्त्री नबनाउनुको कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहेको उजुरी र छानबिनलाई देखाइएको छ। स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा उनी विभिन्न खरिद अनियमितता जोडिएकाले मन्त्री नबनाइएको चर्चा छ। तर, अख्तियार कै छानबिनमा रहेका कुलमान घिसिङलाई मन्त्री बनाइएको सरकारमा संगीतालाई भने अख्तियारको हाउगुजीले रोक्नुको कुनै गुञ्जायस देखिँदैन। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा घिसिङविरूद्ध पनि उजुरीका चाङ छन्। त्यो विषयमा कुनै चर्चा सुनिदैन। संगीता मात्र होइन पछिल्लो ५ वर्षमा स्वास्थ्य सेवा विभागको महानिर्देशक भएका प्रायजसोविरूद्ध अख्तियारमा उजुरी छ।

खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव) सिफारिस भएकी योग्यतामाथि प्रश्न आठउँदै स्वास्थ्य लाइभले समाचार सम्प्रेषण गरेको थियो। स्वास्थ्य लाइभमा प्रकाशित भएको समाचारलाई लिएर अख्तियारले विस्तृत छानबिन समेत गऱ्यो। उक्त विषयलाई तामेली राखेर अख्तियारले डा. मिश्रालाई ‘क्लिन चिट’ दिएको थियो। त्यो विषयमा अख्तियारले उनको उजुरी किन तामेलीमा राख्यो त्यसको तथ्य सार्वजनिक भइसकेको छैन।

त्यसो त कर्मचारीका रूपमा ‘टेस्टेड फेलियर’ भइसकेका व्यक्तिलाई मन्त्री बनाउन खोज्नु राम्रो कुरा होइन। कर्मचारीको हैसियतमा उनीहरूले सम्पादन गरेका कामका फायल खोतल्ने हो भने गम्भीर प्रकृतिका अनियमितता पनि भेट्न सकिन्छ। अहिले त झन् जेन-जी पुस्ताको आन्दोलनको माग नै २०४६ सालदेखि यताका शासक र प्रशासनको सम्पत्ति छानबिन गर्नुपर्ने रहेको छ। छानबिन आयोग बन्दा कर्मचारीबाट मन्त्री बनेका पनि छानबिनको दायरामा तानिने निश्चित छ। उस्तै परे उक्त आयोगको कारबाही सिफारिसमा पर्ने जोखिममा रहेका डा. मिश्रालाई मन्त्री नबनाउनु नै उपयुक्त हुन्छ। जेन-जी आन्दोलनको मूल मर्म, भावना र उद्देश्य नै त्यहिँ हो। सकेसम्म सत्ताको चास्नी नचाखेका, राज्यकोषबाट तलब भत्तालगायत कुनै लाभ नलिएका र जेन-जी पुस्ता कै नौजवान व्यक्तिहरूलाई मन्त्री बनाएर पठाउँदा आन्दोलनले न्याय पाउने थियो। तर मौजुदा मन्त्रिपरिषद् विस्तार हुँदा त्यस्तो स्थिति देखिएन।

डा. मिश्रा भारतमा जन्मिएकी हुन्। महोत्तरीमा बिबाह गरेर उनी दुलहीको रूपमा घरजम गर्न नेपाल आएकी हुन्। अंगीकृत नागरिकता लिएकी डा. मिश्रालाई मन्त्री बनाउने विषयमा उक्त ‘इस्यू’ पनि उठाइयो।

नेपालको संविधान २०७२ को संविधानको धारा २८९ को उपधारा (१) मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायको प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनु पर्नेछ भन्ने उल्लेख छ। मन्त्री बन्न अंगीकृत नागरिकलाई रोकेको छैन। अंगीकृत नागरिकता लिएका राजेन्द्र महतो यही संविधान बमोजिम नेपाल सरकारको उपप्रधानमन्त्री भइसकेका छन्। महतोको हकमा लागू नहुने संविधानले डा. मिश्रालाई रोक्ने कुरै हुँदैन। उनी अंगीकृत नागरिक भएपनि सचिव र मन्त्री बन्न पाउँछिन्।

नेपालमा एउटा लोकोक्ति छ ‘जे हुन्छ राम्रैका लागि हुन्छ’, डा. मिश्राले अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएर राम्रै भएको छ। स्वास्थ्य मन्त्रालयमा आगलागी भएपछि कर्मचारी व्यवस्थापन गर्न सकस भइरहेको पाइन्छ। स्वास्थ्य मन्त्रालयमा अहिले ३ जना अतिरिक्त सचिव रहेका छन्। वीर अस्पतालमा दरबन्दी देखाएर पनि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव थपिएको छ। स्वास्थ्य मन्त्रालयमा एउटा मात्र अतिरिक्त सचिव भए पुग्ने देखिन्छ। स्वास्थ्यबाट दुई वटा अतिरिक्त सचिवको दरबन्दी कटौती गर्दा उपयुक्त हुने सुझाव विज्ञहरूले दिँदै आएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑