• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साहारा सहकारीको दबाबपछि दुई महिला हराइन्, लघुवित्तविरुद्ध सशक्त आन्दोलनको चेतावनी

नेपाल पोस्ट दैनिक
    July 19, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह,झापा दमक – सामूहिक ऋणको नाममा आर्थिक र सामाजिक शोषण गर्दै आएको आरोपमा आलोचना हुँदै आएको साहारा सहकारी संस्थाका कर्मचारीहरूले गरेको अपमानजनक व्यवहारपछि मोरङ मिक्लाजुङ गाउँपालिका–२ निवासी माया मगर (३७) र दुर्गा माया लिम्बु (४२) नामक दुई महिला असार ३० देखि सम्पर्कविहीन भएका छन्।
शुक्रबार झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति नेपाल, कोशी प्रदेशले यो विषयलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै प्रदेशव्यापी सशक्त आन्दोलनको घोषणा गरेको हो।
समितिका अध्यक्ष लुजा राईका अनुसार असार २८ गते दिउँसो साहारा सहकारीका कर्मचारी रमेश राई र सुशिला लामिछाने ऋण असुलीको लागि माया मगर र दुर्गा माया लिम्बुको घरमा पुगेका थिए। घरमा नगद रकम नभएको भन्दै ऋण तिर्न केही दिनको समय माग्दा कर्मचारीहरूले “जसरी पनि आज ऋण तिर्नुपर्छ, नत्र अन्नपात, चौपाया जे भए पनि बेचेर तिर्नुहोस्” भनेर धम्क्याएको आरोप लागेको छ।
“तपाईंहरूको नाम कालोसूचीमा राख्छौं, प्रहरी लगाएर थुनाउँछौं” भन्ने किसिमका अभिव्यक्तिका कारण ती महिलाहरू मानसिक रूपमा त्रस्त भएर त्यसै दिनदेखि सम्पर्कविहीन बनेका छन्। संघर्ष समितिले उनीहरूलाई ज्यान रक्षाका लागि घर छाड्न बाध्य पारिएको बताएको छ।
संघर्ष समितिका अनुसार, सहकारीले उल्टै पीडित महिलाहरूविरुद्ध मुद्दा दायर गरी झनै त्रास सिर्जना गरिरहेको छ। “सहकारीका कर्मचारीहरूद्वारा गरिएको ज्यादतीको प्रतिकार गर्दा महिलामाथि मुद्दा दर्ता गर्नु अर्को अन्याय हो,” राईले भने।
समितिले स्पष्ट चेतावनी दिँदै भन्यो, “दुवै पीडकमाथि लगाइएको मुद्दा तुरुन्त खारेज नगरिए कोशी प्रदेशभर विरोध प्रदर्शन, किस्ता बहिष्कार, कालोसूची र धितो लिलाम गर्ने संस्थामा ताला बन्दी गर्नेछौं।”
संघर्ष समितिका अनुसार, २०८० चैत २ गते तत्कालीन सरकारको निर्देशनमा डा. नीलम ढुंगाना तिम्सिनाको संयोजकत्वमा गठित अध्ययन टोलीले देशका ८ स्थानमा गरेको अध्ययनमा लघुवित्त र सहकारी संस्थाहरूले १८ देखि ३६ प्रतिशतसम्म ब्याज असुल गरेको, सामूहिक ऋणको नाममा आर्थिक र सामाजिक शोषण गरेको तथ्य प्रमाणसहित उजागर भइसकेको छ।
पत्रकार सम्मेलनमा संघर्ष समितिले नेपाल सरकारसँग १८ बुँदे माग अघि सारेको छ, जसमा उल्लेखनीय छन्।लघुवित्त तथा नव–सामन्ती वित्तीय संस्थाहरूको खारेजी,सामूहिक ऋण मिनाहा,गरिब किसानलाई निःशुल्क ऋण सुविधा,स्वास्थ्य र शिक्षा पूर्णरूपमा निःशुल्क घोषणा,मिटरब्याजी तमसुक रद्द, चेक बाउन्स, कालोसूची, धितो लिलामको अन्त्य,कर्जाको पुनःसंरचनाका लागि २५ वर्षे समयावधि,३ प्रतिशत ब्याजमा पुर्नकर्जा,नीतिगत भ्रष्टाचारमा संलग्नहरूमाथि कडा कारबाही,प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखको व्यवस्था
आन्दोलनका चरणबद्ध कार्यक्रमहरू
संघर्ष समितिले आगामी दिनमा निम्न चरणबद्ध आन्दोलन गर्ने जनाएको छ—
१. प्रदेशभर जनचेतनामूलक प्रशिक्षण र भेला
२. सम्बन्धित संस्थाहरूमा तालाबन्दी
३. धितो लिलामी गर्ने कर्मचारीहरूको क्षेत्र प्रवेशमा रोक
४. पीडितमाथि लगाइएको मुद्दा खारेज नभएसम्म किस्ता उठाउने सम्पूर्ण गतिविधि बहिष्कार
५. प्रमुख सहरहरूमा विरोध प्रदर्शन र धर्ना
झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वयंसेवक संघका केन्द्रिय अध्यक्ष मनोज पौडेल, संघर्ष समितिका सगरमाथा इन्चार्ज गुणराज भट्टराई, प्रदेश संयोजक दिलिप मगर, उदयपुर जिल्ला अध्यक्ष बिनिता राई, मोरङ अध्यक्ष बसन्ती थारू सरदार, झापा जिल्ला अध्यक्ष सीता महरा, सुनसरी जिल्ला अध्यक्ष कल्पना बान्तवा राई, लगायतका संघर्षका अभियानी र हजारौं पीडितहरूको सहभागिता थियो।
अध्यक्ष राईले स्पष्ट शब्दमा भने, “दुई जना महिलामाथि लगाइएको मुद्दा तुरुन्त खारेज गरिनुपर्छ। पिडित सुरक्षित रूपमा घर फर्किएनन् भने जुनसुकै मूल्य चुकाएर पनि हामी आन्दोलन चर्काउँछौं। अब लघुवित्त र सहकारीद्वारा भएको अन्याय सहन सकिँदैन।”

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑