• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण

नेपाल पोस्ट दैनिक
    July 14, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह,लहान – मधेस प्रदेशमा पहिलोपटक स्थानीय तहमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीलाई लक्षित गरी सामूहिक दुर्घटना बीमाको सेवा सुरु गरिएको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेड लहान शाखाले सप्तरीको बलान बिहुल गाउँपालिकामा आयोजित विशेष कार्यक्रममार्फत बीमालेख हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा गाउँपालिकाका ६९ जना स्थायी कर्मचारी तथा ३२ जना जनप्रतिनिधिलाई सामूहिक दुर्घटना बीमा अन्तर्गत प्रति व्यक्ति १५ सय रुपैयाँ प्रिमियममा १० लाख रुपैयाँ बराबरको बीमालेख प्रदान गरिएको हो।
गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय बीमा कम्पनी लहान शाखाका प्रबन्धक तथा प्रशिक्षक सूर्यनाथ महतोले बीमाको आवश्यकताको औचित्य प्रष्ट्याउँदै भने, “स्थानीय सरकारका प्रतिनिधि र कर्मचारीहरू २४ सै घण्टा नागरिक सेवामा खटिने भएकाले उनीहरूको सुरक्षा सुनिश्चित गर्न बीमा अनिवार्य भएको छ।”
उनका अनुसार कम्पनीले २०८२ साल असार २४ गतेदेखि सामूहिक दुर्घटना बीमालेख जारी गर्न सुरु गरेको हो। बीमा कम्पनीका कर्मचारी अर्जुन खतिवडाले कार्यक्रमको सहजीकरण गर्दै बीमाको प्रक्रिया, लाभ र कार्यविधिबारे विस्तृत जानकारी गराएका थिए।
बीमा कर्मचारी रबिन्द्रलाल कुशवाहाले न्यून शुल्कमा अधिकतम सुरक्षा उपलब्ध गराउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको बताए। “जनताको सेवामा खटिँदा हुने जोखिम न्युनिकरणका लागि बीमा सबैका लागि अपरिहार्य छ,” उनले भने।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बीमा कार्यक्रमलाई ऐतिहासिक कदमको संज्ञा दिँदै आगामी दिनमा बीमा सुविधाबाट वञ्चित रहेका अन्य कर्मचारी तथा प्रतिनिधिहरूलाई समेत समेट्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “जनप्रतिनिधि र कर्मचारीको जीवन सुरक्षा प्राथमिकताको विषय हो। यस कार्यक्रमले उनीहरूको आत्मबल वृद्धि मात्र होइन, आपतमा हुने आर्थिक भारसमेत घटाउनेछ।”
राष्ट्रिय बीमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘बीमाको पहुँच सबै नागरिकमा पुगोस्’ भन्ने मूल लक्ष्यका साथ देशव्यापी अभियान सुरु गरेको हो।
कार्यक्रममा सहभागी कर्मचारी र जनप्रतिनिधिहरूले बीमाको उपलब्धिलाई राहतदायी र प्रेरणादायी भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले फिल्डमा खटिने जनशक्तिलाई सुरक्षित महसुस गराउने बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑