• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सस्तो मूल्यले किसान निराश : लहान बजारमा आमको भाउले कृषकको मन दुखायो

नेपाल पोस्ट दैनिक
    June 5, 2025  मा प्रकाशित

Spread the love
      

लहान, २२ जेठ । लहान, सिराहा  लहान बजारमा यतिबेला आँप किन्ने ग्राहकको भीड देखिन्छ। सडक छेउका ठेलागाडादेखि लिएर किराना पसलसम्म आँपकै थुप्रो देखिन्छ। तर, बजारमा देखिएको यो रौनक र चहलपहल किसानका लागि भने पीडादायक बनेको छ। सप्तरीको कुसहा गाउँबाट ल्याइएको आँप लहानको बजारमा प्रशस्त मात्रामा पाइए पनि यसको मूल्य भने अत्यन्तै न्यून छ। यसले किसानहरूलाई आर्थिक रूपमा गम्भीर क्षति पुर्‍याएको छ।

पाँच बिघा जमिनमा ठेक्का लिएर आँप खेती गरेका कृषक बिरेन्द्र पासमान भन्छन्, “हामीले ठूला आशा राखेर साईं लगायौं, तर अहिले बजारमा रेट नै छैन। लगानी गरेको पूँजी पनि निस्कने स्थिति छैन।” उनका अनुसार बजारमा आमको मूल्य प्रति किलो ३० देखि ४० रुपैयाँ मात्र पाइरहेको छ। यस्तो मूल्यले कृषकको श्रम र लगानी दुवैलाई अपमानित बनाएको छ। “मल, औषधि, मजदुर, सिँचाइ र यातायातमा ठूलो खर्च भएको छ। तर अहिलेको मूल्यले त घाटामै जानुपर्ने स्थिति छ,” पासमानले गुनासो गरे।

लहान बजारमा दैनिक सयौं टन आँप ल्याइन्छ। यस वर्ष गर्मी मौसम अनुकूल भएकाले आमको उत्पादन राम्रो भएको थियो। तर उचित मूल्य नपाउँदा किसानको उत्साह निराशामा परिणत भएको छ। बजारमा भारतबाट आयात भएको सस्तो आमले पनि नेपाली किसानको उत्पादनलाई असर पुर्‍याएको छ। कृषकहरू भन्छन्, “हामीले मेहनत गरेर उत्पादन गरेका फल भारतबाट आयात हुने सस्तो आमसँग प्रतिस्पर्धा गर्न सक्दैन।”

स्थानीय निकाय र सम्बन्धित निकायले मूल्यको निगरानी र नियमन नगरेकोप्रति किसानहरूले गम्भीर असन्तोष जनाएका छन्। उनीहरूको माग छ “हामीले पसिना बगाएर उत्पादन गरेका फलको उचित मूल्य पाउनुपर्छ। नत्र, आगामी वर्ष आँप खेतीमै लाग्ने उत्साह घट्नेछ।” सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा आम उत्पादन बढ्दो क्रममा छ। यदि समयमै उचित मूल्य सुनिश्चित गरिएन भने यो सम्भावनाशील कृषि क्षेत्र धरासायी हुने खतरा रहेको कृषि विज्ञहरू बताउँछन्। अब यस्ता समस्यालाई दीर्घकालीन समाधान दिन स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। किसानले लगाएको मेहनतको सम्मान गर्दै बजार व्यवस्थापन र मूल्य स्थायीत्वमा ध्यान नदिए कृषि व्यवसायप्रति बढ्दो निराशा भयावह परिणाममा पुग्न सक्छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑