• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सलहेश फुलबारी संरक्षणको माग गर्दै लहानमा बृहत र्यालि

नेपाल पोस्ट दैनिक
    May 30, 2025  मा प्रकाशित

Spread the love
      

लहान १६ जेठ । सलहेश पासमान समाज लहानको आयोजनामा सिराहा र सप्तरी जिल्लाका पासमान समुदायका अगुवाहरूले ऐतिहासिक तथा सांस्कृतिक महत्वको स्थल सलहेश फुलबारी संरक्षणको माग गर्दै शुक्रबार लहानमा बृहत र्यालि सहित विशेष विरोध प्रदर्शन गरेका छन्। जसमा सिराहा(सप्तरीका प्रमुख राजनीतिक, सामाजिक र बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रामपृत पासमान (पूर्व राष्ट्रिय सभा उपाध्यक्ष) थिए। विशिष्ट अतिथिका रूपमा महेन्द्र पासमान, गंगा पासमान, अभिभावक चन्देश्वर पासमान, संस्थापक अध्यक्ष दुखी पासमान, तथा अन्य अतिथिमा सत्यनारायण पासमान, केवल पासमान, देवनाथ पासमान, छेदीलाल पासमान, सियाराम पासमान, जीवन पासमान लगायत नेताहरू सहभागी थिए।

कार्यक्रममा सिराहा–सप्तरीका सम्पूर्ण पासमान राजनीतिकर्मी, बुद्धिजीवी, र समुदाय अगुवाहरूको व्यापक उपस्थिति रहेको थियो। कोणसभा र र्यालीमार्फत उनीहरूले प्रदेश सरकार र मुख्यमन्त्री सतीशकुमार सिंहविरुद्ध कडा रुपमा खबरदारी गर्दै सलहेश फुलबारी संरक्षणको माग दोहोर्याए।

प्रदर्शनकारीहरूको मुख्य आक्रोश सलहेश फुलबारी नजिकै भिमराव अम्बेडकर पार्क निर्माण गर्न लागिएको विषयमा केन्द्रित थियो। उनीहरूले यस कदमलाई ऐतिहासिक स्थलमाथिको सीधा हस्तक्षेपको रूपमा चित्रित गर्दै विरोध जनाउँदै आएका छन्। मुख्यमन्त्री सिंहले जनभावनाको अवमूल्यन गर्दै जबरजस्ती शिलान्यास गरेको भन्दै समुदायमा असन्तुष्टि झनै बढेको छ।

जनता समाजवादी पार्टी नेपालका नेता चन्देश्वर पासमानले विरोध सभामा सम्बोधन गर्दै भने, सलहेश फुलबारी हाम्रो पहिचान, इतिहास र अस्तित्वसँग जोडिएको स्थल हो। यसमा राज्यको अनुचित हस्तक्षेप स्वीकार्य छैन। प्रदेश सरकारले यथाशीघ्र यस निर्णयलाई फिर्ता लिनुपर्छ।

प्रदर्शनकारीहरूले डा. भीमराव अम्बेडकर प्रति सम्मान व्यक्त गर्दै भनेका छन्, हामी अम्बेडकरको विचार र योगदानलाई आदर गर्छौं। तर, त्यसको बहानामा सलहेश फुलबारीजस्तो ऐतिहासिक स्थलको मौलिकता नष्ट गर्नु अन्यायपूर्ण छ।”
वक्ताहरूले वैकल्पिक स्थानमा अम्बेडकर पार्क निर्माण गर्न सरकारलाई आग्रह गरे। उनीहरूको भनाइमा, सलहेश फुलबारी केवल धार्मिक स्थल मात्र नभई सामाजिक एकता, परम्परा र सांस्कृतिक गौरवको प्रतीक हो।
कोणसभाको अध्यक्षता मनोज पासमानले गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑