• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कसैको चरित्र हत्या गर्ने नियतका साथ समाचार सम्प्रेषण भएको प्रति नेपाल थारु सङ्घको आपति

नेपाल पोस्ट दैनिक
    May 19, 2025  मा प्रकाशित

Spread the love
      

लहान ५ जेठ । लहान नगरपालिका १ स्थित पशुपति आदर्श माविमा नौ वर्षअघि व्यापारीहरूसँग संकलित पसल भाडा रकम भ्रष्टाचार सम्बन्धी उजुरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट मिति २०८१ चैत २५ गते आएको पत्र अनुसार लहान नगरपालिकाले मिति २०८२ वैशाख ८ गते विद्यालयलाई आवश्यक राय र कागजात पठाउन आग्रह गरेको थियो।
सोही अनुसार पशुपति आदर्श माविले मिति २०८२ वैशाख २२ गते लहान नगरपालिकामा लेखापरीक्षण प्रतिवेदन, मुद्दासम्बन्धी विवरण र रायसहित आवश्यक कागजात पेश गरेको थियो। विद्यालयले आफ्नो अभिलेख अनुसार आ।व। २०७२।०७३ र २०७३।०७४ को लेखापरीक्षण प्रतिवेदनसहित भाडा रकमसम्बन्धी मुद्दा जिल्ला अदालत सिरहा इजलासमा रही मिति २०८२ वैशाख १५ गते फैसला भइसकेको र फैसलाले वादीको अभिलेख दावी नपुग्ने ठहर गरेको स्पष्ट पारेको छ।

यस्तो अवस्थामा मिति २०८२ जेठ ३ गते केही संचार माध्यममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तथा लहान न।पा। १ निवासी पशुपति आदर्श माविका दाता परिवारमाथि चरित्र हत्या गर्ने आशयका साथ भ्रामक समाचार प्रकाशित गरिएकोप्रति नेपाल थारु सङ्घका अध्यक्ष अजय कुमार चौधरीले एक प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, “विद्यालयलाई अरबौंको सम्पत्ति दान गर्ने परिवारमाथि तत्कालीन प्रधानाध्यापक परमेश्वर रायले व्यापारीहरूसँग संकलन गरेको रु। ५० लाख रकम चुनावमा खर्च गरिएको आरोप पूर्णरूपमा मनगढन्ते, आधारहीन र पूर्वनियोजित रुपमा समाजमा बदनाम गराउने प्रपञ्चमात्र हो।” यस्तो समाचार अदालतको मानहानी हुने किसिमले तयार पारिएको र पत्रकारले कुन कानुन वा ऐन अनुसार यस्तो संवेदनशील सूचनाको प्रकाशन गरे भन्नेमा प्रश्न उठाइएको छ।
चौधरीले विज्ञप्तिमा भनेका छन्, “जब अदालतले फैसला गरिसकेको छ, जब अख्तियारमा अझै अनुसन्धान जारी छ, तब पत्रकारलाई यस्ता सूचना कसरी चुहावट भयो रु के लहान नगरपालिका आफैले अदालतको फैसला हुनासाथ जानकारी चुहाएर समाचार गराएको हो रु यदि हो भने यो गम्भीर आपराधिक नियत हो र यसप्रति हामी घोर आपत्ति जनाउँछौं।”
उनले यस्ता घटनाले राज्यका संवैधानिक निकाय, अदालत र संचार जगतकै विश्वसनीयतामाथि प्रश्न उठ्ने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। साथै पत्रकारिताको आडमा पात्रहत्या र बदनाम गर्ने उद्देश्यले सञ्चालित यस्ता फोहरी खेलको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
चौधरीले कानुन सबैका लागि बराबर हुने र व्यक्तिको होइन विधिको शासन हुनुपर्ने कुरामा जोड दिँदै निष्पक्ष र सत्य तथ्यको आधरमा मात्र समाचार सम्प्रेषण गर्न संचारमाध्यमलाई आग्रह गरेका छन्। उनले प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउँदै दोषी जोकोही होस्, कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिएका छन्।
नेपाल थारु सङ्घको यो विज्ञप्तिले स्थानीय तहदेखि सञ्चारकर्मी, प्रशासनिक संयन्त्र र न्यायिक प्रक्रियामाथिसमेत प्रश्न उठाएको छ। यथार्थ छानबिन गरी सत्य सार्वजनिक गर्नुपर्छ भन्ने आवाज पनि यो विज्ञप्तिबाट आएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑