• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लक्ष्मीपुर पतारीमा सरकारी सवारीको दुरुपयोग, सरकार मौन

नेपाल पोस्ट दैनिक
    April 30, 2025  मा प्रकाशित

Spread the love
      

लहान १७ बैशाख । लक्ष्मीपुर पतारी गाउँपालिकामा सरकारी दुई पाङ्ग्रे सवारी साधन ९मोटरसाइकल० को दुरुपयोग भएको आरोप लाग्दा पनि स्थानीय सरकार मौन बसेको छ। गाउँपालिकाका ६ वटा वडामा कार्यरत वडा सचिवहरूले १२ वटा सरकारी मोटरसाइकल प्रयोग गरिरहेको स्रोतहरू बताउँछन्। सामान्यतया एक वडाका लागि एकवटा मोटरसाइकल आवश्यक पर्ने भए पनि दोब्बर संख्यामा सवारी साधन प्रयोगमा आएको जनाइएको छ।

स्थानीय स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंह र जिन्सी शाखा प्रमुख अञ्जनी कुमार चौधरीको मिलोमतोमा सरकारी सवारी साधनहरू व्यक्तिगत स्वार्थमा प्रयोग भइरहेको छ। एक स्थानीयरूका भनाइअनुसार, “वडामा काम गर्नुपर्छ भन्दै ल्याइएका मोटरसाइकलहरू व्यक्तिगत काममा प्रयोग हुन्छन्। कतिपय त घरमै थन्किएका छन्, सेवा प्रवाहमा कुनै भूमिका छैन।”

जनगुनासो बढ्दो भए पनि गाउँपालिका कार्यालयले यसबारे अहिलेसम्म कुनै ठोस कदम नचालेको भन्दै स्थानीयवासीहरू आक्रोशित छन्। यसले सरकारी संयन्त्रप्रति नागरिकको विश्वास घटाउने मात्र होइन, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न पनि उठाएको छ।

सम्बन्धित आरोपबारे प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहलाई फोन सम्पर्क गर्दा उहाँको मोबाइल फोन स्विच अफ अवस्थामा पाइयो। जिन्सी शाखा प्रमुख अञ्जनी कुमार चौधरीसँग सम्पर्क गर्ने प्रयाससमेत सफल हुन सकेन।

अब सार्वजनिक सम्पत्तिको संरक्षण र प्रभावकारी प्रयोगका लागि गाउँपालिकाले यस्ता गम्भीर आरोपको छानबिन गर्दै दोषीहरूलाई जवाफदेही बनाउने कि फेरि पनि मौन बस्ने भन्ने प्रश्नले स्थानीय तहमा चर्चा ल्याएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑