काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष श्रीलंका, अर्जेन्टिना, लाओस् र बहराइनका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहका बीच उनीहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गर्नेमा श्रीलंकाका आवासीय राजदूत हुन् भने अरु गैरआवासीय रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
