Breaking News

मानक भाषा लेखनशैलिमा थारु अगुवाहरुको जोड

शम्भु चौधरी लहान १९ बैशाख । सिरहा सप्तरी र उदयपुरका थारु अगुवाहरुले थारु मौलिक भाषा लेखनशैलिमा जोड दिएका छन । सोमबार सिरहाको लहानमा भएको एक कार्यशाला गोष्ठि बिच यस्तो बताएका छन ।
यो एक किसिमको अभियान हो यस अभियानले पुर्व मेचि देखि पश्चिम महाकालि सम्मका थारु भाषा लेखनशैलिमा एकरुपता ल्याउने उद्धेश्यले यो अभियान थालिएको थारु भाषा साहित्य केन्द्र नेपालका अध्यक्ष भुलाई चौधरीले बताए । अध्यक्ष चौधरीले थप्दै भने यो अभियान पश्चिम धनगढी कैलालीबाट शुरु गरिएको हो यसले थारु मोलिकता ह्रास नहुने गरि जुन समुहको शब्द अन्य भाषासंग मिल्दैन अथवा अपशब्द भएर आएको छैन आफैमा प्रकृतिक छ त्यस्ता शब्दलाई थारु मौलिक शब्द भन्न सकिन्छ ।

कार्यक्रममा सप्तरी सुरुगा न पा का देवानन्द चौधरीका अनुसार लेखनशैलि सुधार गर्नको लागी सबभन्दा पहिला स्थानिय तहमा थारु भाषाको पठनपाठन हुनु जरुरी देखिन्छ । लहान नगरपालिका, सुरुगा नगरपालिका,खडक नगरपालिका र अग्नीसाईर कृष्णसवरण गाउँपालिका जस्ता स्थानिय तहमा थारु अगुवाहरु रहेका छन यी पालिकाहरुमा अहिलेसम्मा थारु भाषामा पठनपाठन नहुनु दुरभाग्य भएको बताए ।
थारु भाषा आफैमा एउटा महत्वपुर्ण भाषा हो । मैथलि भाषीहरुले पनि कतिपय थारु भाषाको प्रयोग गरेको पाईन्छ त्यस उसले हामी थारु व्यकरण तिर जादै छौ ता कि थारु भाषाको एउटा अलगै पहिचान होस थारु भाषा साहित्य केन्द्रका नेपालका उपाध्यक्ष बुद्धसेन चौधरीले बताए ।
गोेष्ठिमा सिरहा, सप्तरी र उदयपुर गरी तिन जिल्लाका थारु अगुवाहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा थारु कल्याणकारीणी सभा सदस्य तथा थारु महिला विभाग प्रमुख सावित्री चौधरी, थारु कल्याणकारीणी सभा सप्तरीका सभापति शिव नारायण चौधरी (शिवा), थारु अगुवा रमानन्द लेखि तथा थारु पंडित राम कुमार चौधरी लगायतका थारु अगुवाहरुले आ आफना धारण राखेका थिए ।
कार्यक्रम थारु कल्याणकारीणी सभा सिरहाका सभापति सत्य नारायण चौधरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमलाई संचालन थारु भाषा साहित्य केन्द्र नेपालका महासचिव सियाराम चौधरी गर्नु भएको थियो ।