शम्भु चौधरी सिरहा १८ बैशाख । उपचार गरिएको बाँसको उपयोगिता र बजार प्रवर्धन सम्बन्धि एक दिने बहु सरोकारबाला बिच गोष्ठि सोमबार लहानमा सम्पन्न भएको छ । हाम्रै बारीझारीमा वा घरको वरिपरि रहेको बाँसको सहि उपयोग कसरी गर्ने उद्धेश्यले सो गोष्ठि संचालन भएको थियो ।
अहिले सिरहा सप्तरी लगायत देशका अधिकाश ठाँउमा बाँसका आकर्षक घरहरु धमाधम निर्माण भईरहेको कार्यक्रम बिच जानकारी दिएका छन ।
बाँसको घर निर्माण सम्बन्धि कार्य सप्तरीमा महुलि सामुदायिक विकास केन्द्रले गरिरहेको छ भने सिरहामा भवानी एकिकृत विकास केन्द्रले गरिहेको महुलि सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक चन्द्र नारायण चौधरी बताए । निर्देशक चौधरीका अनुसार सिरहा, सप्तरी र सिन्धुलि गरी जम्मा ४ हजार ७ सय ६३ वटा बाँसको आकर्षक घर निर्माण भई सकेको बताए । साथै नेपालको सबै भन्दा बढी दलित,गरिब तथा सुकुम्बासी भएको जिल्ला सिरहा नै भएकाले यो कार्यक्रम सिरहामा एकदमै प्रभावकारी हुने बताए ।

यता भवानी एकिकृत विकास केन्द्रले सिरहाको कर्जन्हा र लहान गरी दुई नगरपालिकामा कार्य गरि रहेको भवानी एकिकृत विकास केन्दका अध्यक्ष राजेश कुमार चौधरी बताए । अध्यक्ष चौधरीका अनुसार लहान नगरपालिका १५ मा ३८ घर र १२ मा १२ घर निर्माण भई सकेको छ साथै वडा १३,२० र २१ मा अब ६० घर निर्माण हुने क्रममा रहेको बताए ।
कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा रहेको बाँस वेत विज्ञ छोटेलाल चौधरीका अनुसार विश्वमा ९० जातीका र १ हजार २ सय ५० प्रजातीका बाँस पाईने बताए । नेपालको सन्दर्भमा भने हो भने ११ जाती र ५० प्रजातीका बाँस पाईने बताए । बाँसबाट सानो चम्चा देखि वियर सम्म बन्ने समेत बताएका छन ।
कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका नगर उपप्रमुख रामचलितर महतो रहेको थियो । प्रमुख अतिथि महतोका अनुसार बाँस नै एउटा यस्तो चिज हो जसको मान्छेलाई मरुन्जेल सम्म काम लाग्छ । त्यसैले हाम्रा खेतबारीमा रहेका बाँसलाइ समयमा नै संरक्षण गर्नु पर्नेमा जोड दिएको थिए ।
कार्यक्रममा ह्याविटयाट फोर ह्युम्यानिटि नेपालका प्रतिनिधि विजय गुप्ताले पनि प्रशिक्षण दिएका थिए । कार्यक्रमको अध्यक्षता भवानी एकिकृत विकास केन्द्रका अध्यक्ष राजेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
