सिरहा २६ आश्विन । सिरहामा एक १४ वर्षीया किशोरी उपर बलात्कारको प्रयास भएको छ । सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जर्बजस्ती करणीको प्रयास भएको हो ।
साँझ पख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २२ वर्षीय मो. रहिम मन्सुरीले किशोरीमाथि ( नाम खुलाइएको छैन) बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
राईनले किशोरीको घरमै पसी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गरेपछि किशोरी चिच्चाएपछि स्थानीयहरुले किशोरीलाई उद्धार गरेका थिए । स्थानीयहरुले किशोरीको उद्धारसहित युवकलाई समेत नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ ।
घटनापछि राति नै किशोरीको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परिक्षण गराइएको छ भने रिपोर्ट आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।
बलात्कारको प्रयास गरेका राईनलाई प्रहरी हिरासतमा राखिएको छ । पीडितले दिएको उजुरीको आधारमा युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको डिएसपी खनालले जनाए ।
