Breaking News

जवरजस्ती करणी आरोपमा तीन जना पक्राउ, दुई फरार

सिरहा  २३ असोज । युवतीलाई बन्धक बनाई करणी गरेको आरोपमा तीन जना समातिएका छन् । मेला हेरी गरी घरफर्किरहेकी युवतीलाई बलपूर्वक बन्धक बनाई स्कारपियोमा राखी जवरजस्ती करणी गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाले सार्वजनिक गरेको हो।

सिरहा नगरपालिका ९ बस्ने २४ वर्षीय राम प्रकाश गोइत, सोही ठाउँका ३६ वर्षीय गणेश कुमार यादव, वडा नं. ८ का २२ वर्षीय नथुनी भन्ने चतुरान्नद यादवलाई जवरजस्ती करणी र लागुऔषध कारोवारी गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

युवती घर जादैँ गर्दा धनगढीमाई नगरपालिका ९ मुसहरनियामा बीआर ३२ पी ४२६२ नं.को स्कारपियोमा पाँच जना युवाहरुले समूहले कुटपिट गर्दै युवतीलाई बलपूर्वक बन्धक बनाएका थिए ।

स्कारपियो सहित पक्राउ परेकाहरुलाई खानतालाशी गर्दा नाइटभेट १० लेखिएको तीन सय पिस लागुऔषध र ८ राउण्ड गोली सहित अन्य केही सामान समेत बरावद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।