Breaking News

विद्यालयमा चोरी भएको समान सहित चोर पक्राउ

राधेश्याम राम ,  १० असोज  राजविराज सप्तरी सप्तरीको सुदुरपश्चिमी क्षेत्रमा रहेका सुरुङ्गा नगरपालिकाको वडा नंं ११ खैजनपुर भज्जका स्थीत एक विद्यालयमा चोरी भएको तिन दिन पछी सामान सहित दुई जना चोर पक्राउ परेका छन ।

पक्राउपर्नेहरुमा सुरुङ्गा नगरपालिका वडा नंं ११ वस्ने त्रिभुवन प्रसाद चौधरीको वर्ष १९को छोरा दिपेश कुमार चौधरी र सोही ठाँउ बस्ने रामानन्द चौधरीको वर्ष १९को छोरा सुरेश कुमार चौधरी रहेका छन ।

प्रहरीका अनुसार असोज ८ गतेका दिन राति सोही वडा मा रहेका जनता माध्यमिक विद्यालय खैजनपुर भज्जकामा सिस्टम सेट भएको ऋएग्, कम्पयुटर सेट १ थान, फोटोकपी मेशिन १ थान, स्पीकर १ थान, प्रिन्टर १ थान, चिया पकाउने केटली १ थान, क्ष्ऋत् ईलेक्ट्रोनिक हाजिरी मेसिन १ थान चार्जर १ थान र वाई फाईको राउटर १ थान सामानहरु चोरी भएको विद्यालयले ईलाका प्रहरी कार्यालय कडरबोनामा दिईएको उजुरीमा उल्लेख गरेको छ ।

ईलाका प्रहरी कार्यालय कडरबोनाले अनुसंधान गरी चोरहरुलाई पक्राउ गरी विद्यालय रहेको स्थान देखी करिव २०० मिटरको दुरीमा रहेको धानको खेत बाट चोरी भएको सबै समानहरु बरामद गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।