राम बिश्वकर्मा / बैशाख ३१ कैलाली
विश्व महामारीको रुपमा रहेका काेराना भाइरसले विश्व अछुताे रहेन । नेपालमा नि यसकाे ठुलाे असर परिरहेकाे छ । दिनहुँ सयौं बढि मानिसकाे मृत्यु अनि नाै/ दस हजार नयाँ संक्रमित थपिदै गहिरहेका छन ।
नागरिक अक्सिजन नपाएर छट्पटाइ रहेका छन ।
अक्सिजन अपुगका मृत्यु संख्या दिनकाे दुई गुणा रातकाे चार गुणाले वढ्दै छ ।
तर देशलाइ चलायमान गराउने नेतृत्वहरु राजनीतिक खिचातानी अल्झरहेकाे पाइन्छ । संघ देखि स्थानीय तहसम्म राजनीतिक गतिविधि चलायमान देखिन्छन ।
कहिले संसद बिघटन, कहिले बिस्वासकाे मत , सांसद किनबेच, नयाँ सरकार गठन यी बिषय बढि चर्चामा अाइरहेका छन ।
देश यतिबेला काेराना विषम परिस्थिति संग जुधिरहेकाे छ ।यतिबेला अस्पतालहरुमा अक्सिजन , अाइसियु, भेन्टिलेटर , जनशक्ति अभाव देखिन्छ ।
तर सरकार भने काेराना नियन्त्रण र काेराना जुध्न मुखदर्शक बनेकाे छ।
यति संघ मात्र नभएर प्रदेश र स्थानीय सरकार काे काेराना नियन्त्रणमा चुकेकाे पाइन्छ । यदि अब पनि समयमै अावश्यक अक्सिजन , अाइसियु, भेन्टिलेटर अावश्यक जनशक्ति जुटाउने सकिएन ठुलै मूल्य चुकाउनु पर्ने देखिन्छ।
काेराना दिनकाे दुई रातकाे चार गुणा बढ्दै ,नेताहरु राजनिती खिचातानीम
Admin
•
