Breaking News

धनुषामा बालिकालाई सामुहिक बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन जेल

जनकपुर, २ असोज । बालिकालाई सामुहिक बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले आजीवन जेल सजायको सुनाएको छ ।

धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षका विनोद मुखिया र ३३ वर्षका नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन जेल सजायको आदेश दिएको हो ।

बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई आजीवन जेलसहितको सजाय सुनाएको जनाएको छ ।
झण्डै एकवर्ष अघि २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर गाउँभन्दा केहि पर लगी बलात्कार गरी हत्या गरेका थिए ।

बालिकाको शव धान खेतको हिलोमा गाडीएको अवस्थामा फेला परे लगतै प्रहरीले दुवैजनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।