राम नारायण पंडित , ०९ मंसिर । सप्तरीको बलान बिहुल गाउँपालिका एक दिने शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ । बेल्ही युथ क्लब गा.पा. ४ र स्व०विशेश्वर यादव स्मृति प्रतिष्ठान बलान बिहुल गा. पा. २ को सन्युक्त आयोजनामा एक दिने शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्लबले संचालन गरेको गाउँपालिका स्तरीय शैक्षिक अभियानलाई थप प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष शंकर यादबले बताए ।
कार्यक्रममा प्रतिष्ठानको सल्लाहकार पुर्णशंकर यादव (सुपुत्र-स्व०विशेश्वर यादव) तथा सदस्य सुजिता यादव (बुहारी -स्व०विशेश्वर यादव) ले क्लबद्वारा संचालित गाउँ-पालिका स्तरीय नि:शुल्क शैक्षिक अभियानमा सहभागी भएका छात्र-छात्रा को छात्रवृत्तिको लागि र एकाउन्न हजार रुपैया सहयोग गरेको समेत उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानको सल्लाहकार यादवले अगामी दिनमा समाजिक कार्यहरुमा सदैव सहयोग गरिने प्रतिबद्धता जनाए । क्लबको अध्यक्ष प्रमोद साहको अध्यक्षता तथा गा. पा. अध्यक्ष दयानन्द गोइतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा प्रतिष्ठानको अध्यक्ष नागेश्वर यादव, सचिब दिगम्बर यादब त्यसैगरी अतिथीको रुपमा पुर्व गाबिस अध्यक्ष मुङ्गेलाल साह, वडा सदस्य भागवत साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रा.प्रा.बि. बेल्हिमा सम्पन्न भएको छ ।
