तुलसीपुर मंसीर २। सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी संचारकर्मी दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २२ बर्षकी मनिषा लामिछानेको मृत्यु भएको छ ।
तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.क. ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । मनिषा रेडियो हाम्रो पहुँच एफएममा प्राविधिक साहयक थिइन् ।
