मुख्य समाचार

घोडाघोडी नगर कमिटि नेकपाद्धारा पत्रकार निर्मला घटनाको सत्य तथ्य छानबिन गर्न माग

हरिश बम कैलाली १७ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोडाघोडी नगर कमिटिले मृत फेला परेकी पत्रकार निर्मला पहराईको सत्य तथ्य बाहिर ल्याउन र दोषी उपर कडा कार्बाहि गर्न प्रशासन सगँ माग गरेको छ । शनिबार एक प्रेश विज्ञप्ति जारी गर्दे (नेकपा) घोडाघोडी नगर कमिटिले यो घटना हत्या हो या आत्महत्या, निश्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन र दोषी उपर कानुन बमोजिम यथाशिघ्र कडा कार्वाही गर्न सम्बन्धित निकाय सगँ जोडदार मा गरेको छ ।

नगरपालिका भरी जनताको शान्ति, सुरक्षा तथा अमनचैन कायम गरी कानुनीराजको अनुभूति गराउन ठोस कदम चाल्न सम्बन्धित सबैमा आग्रह गर्दछौँ अध्यक्ष बाधुराम चौधरी र सचिब खगेन्द्र हमाल द्धारा हस्ताक्षीत प्रेश विज्ञप्तिमा उल्लेख गरीएको छ ।
घोडाघोडी नगरपालिका १ सुखडमा रहेको रेडियो कैलालीको समाचार शाखामा कार्यरत निर्मला पहराइ असोज २ गते मृत अवस्थामा फेला परेकी थिइन । उनको शब वडा नं ५ स्थित फुलबारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

पहराइ भाद्र ३१ गतेबाट सम्पर्क विहीन भएकी थिईन् । दुई दिन सम्म पनि सम्पर्कमा नआए पछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए । खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव असोज २ गते जङ्गलमा झुण्डिएको अवस्थामा फेला पारेका थिए । घोडाघोडी नगरपालिका वडा नम्वर ४ जनकपुर घर भई बिगत ५ वर्ष देखी सुखडमा आफ्नै दिदिको घरमा बसेर पत्रकारीता गरीरहेकी थिईन ।घटनामा संलग्न भएको आशंका गर्दै मृतकका आफन्तले दिएको जाहेरीको आधारमा स्थानीय ललित जाग्री र धना साउँदलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।