दिलिप कुमार सहनी सिरहा,१५ असोज । समग्र जन उत्थान केन्द्र लहान सिरहाले एक कार्यक्रमको आयोजना गर्दै सिरहा नगरपालिका–१ का छ घरपरिवारका बुहारीलाई आयआर्जन गर्न अनुदान रकमको चेक हस्तान्तरण गरेको छ । भिएसओ नेपालका लैंगिक विज्ञ सुनिल कुमार साहका अनुसार संस्थाले आयआर्जनको सन्दर्भमा बीउ छरेको बताउदै उनले भने,‘अनुदान पाएकाहरुले नियमित रुपमा काम गरिह्यो भने थोरै परिवारबाट सुरुवात भइरहेको कार्यको धेरैले सिकाईको रुपमा लिनेछ ।’
घरमा बुहारिको सम्मान र निर्णय प्रकृयामा सहभागिता बढाउन पनि बुहारिहरूको आर्थिक सशत्तिकरण संगै समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरूरी रहेकोले सहज परियोजना मार्फत यो अभियानको थालनि गरेको लैंगिक विज्ञ साहले बताउनु भायो ।
संस्थाले माछा हैन कि माछा पार्न थोरै अनुदान दिएर सिप सिकाएको समग्रकी कोषाध्यक्ष मुन्द्रिका कुमार मण्डलले बताइन् । कुनै कामको सुरुवात थोरैबाट भएर लगनशिलताको आधारमा पछि गएर धेरै हुने तर्क गर्दै उनले भने,‘व्यवसाय विस्तारको लागि लगनशिलता चाहिन्छ यदि त्यो भने भयो व्यक्तिको जीवन स्तरमा परिवर्तन आउने निश्चिय छ ।’
सिरहा नगरपालिका–१ कि इन्दिला कुमारी पासमान ३० हजार, लक्ष्मीनियाँ कुमारी पासमान ३० हजार, उर्मिला मेस्तनी २८ हजार, अमृता कुमारी ३० हजार, संजु कुमारी पासमान ३० हजार, बिमला कुमारी सिंह ३० हजारको चेक पाएकी छन् । संस्थाको कार्ययोजना अनुसार आ–आफ्नो स्वच्छाले व्यवसायको प्रकार र लागत रकमको पठाएको प्रस्तावमा संस्थाले आधा रकम अनुदान दिएको छ । सहभागीहरुले बाख्रा र भैंसी पालन गर्ने व्यसाय रोजेका छन । युकेएडको आर्थिक सहयोग भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहान सिरहाले संचालन गर्दै आएको सहज परियोजना अन्तर्गत उक्त रकमको चेक कार्यक्रमको अध्यक्षता गरीरहनु भएका सिरहा नगरपालिका १ का वडा अध्यक्ष महेश कुमार यादव मार्फत चेक हस्तान्तरण गरिएको थियो । आयआर्जनमा सहभागी गराउनेहरुलाई दश हप्ता लगाएर व्यवसायकीक महत्वबारे शेसन चलाइएको सहज परियोजना अन्तर्गत समग्रका जीविकोपार्जन सल्लाहकार रामनाथ साहले बताउनु भयो ।