धनगढी १ भाद्र – धनगढीलाई प्रसिद्ध समाजसेवी शुवास शाहीकाे नेतृत्वमा सन् २०१२ मा स्थापना भयकाे ग्रीन क्लिन धनगढी को वृक्षरोपण अभियानले धनगढीमा निरन्तरता पाएकाे छ।
“धनगढी क्षेत्रका विभिन्न विद्यालय, मन्दिर र सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्ने सिलसिलामा आजसम्म धनगढी-३ त्रिभुवन माध्यमिक विद्यालय परिसर बोराडाँडी, धनगढी-१३ जनता राजपुर मा. वि. राजपुर, धनगढी-६ जाइस्थित भैरवकाली मन्दिर परिसर, धनगढी-२ शारदा मा.वि परिसर र धनगढी-१३ कैलाली सामुदायिक वन तथा जनता राष्ट्रिय मा.वि परिसर गरी ५ दिन निरन्तर बृक्षरोपण कार्यक्रममा छौं” ग्रीन क्लिन धनगढीका सदस्य समुयल न्यौपानेले बताउनुभयो।
डिभिजन बन कार्यालय धनगढीबाट प्राप्त कल्कि, लिप्टिस, खयर, सीसम, डाली घाँस लगायत विभिन्न प्रकारका ५०० बोट लगाइसकेको बताउनुहुन्छ ,ग्रीन क्लिन धनगढीका सदस्य अभिनास गुरागाईं । ग्रीन क्लिन धनगढीले विभिन्न बाल क्लब, स्थानीय युवा क्लब, विभिन्न सामाजिक संस्था र सरकारी निकायसँग सहकार्य गरेर अघि बढिरहेको बताउनुहुन्छ ग्रीन क्लिन धनगढीका अर्का सदस्य शुभम पनेरु।
ग्रीन क्लिन धनगढीका अर्का सदस्य विजयराज जोशी भन्नुहुन्छ ,”तपाईंको धनगढीका गाउठाउतिर यस्ता विद्यालय क्षेत्र, सामुदायिक वन क्षेत्र खाली भए हामीलाई जानकारी गराई हामी सँगै वातावरणीय प्रदुषण न्यूनीकरण गर्न हातेमालो गरौँ”।
