कृष्णा यादव ,बीरगन्ज १ भाद्र । बारा र पर्सामा रहेको चोर बाटो खेतको आली हुदै भारतियहरु केही दिन पहिले नेपाल प्रवेश गरे पछी अहीले बीरगंज लगात पर्सा जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा बृदि भएको छ। बीरगंज पथलैयामा रहेको औधोगिक कोरिडोरका उधोगहरुमा कार्यरत भारतिय मजदुरहरु बारा जिल्ला र पर्सा जिल्लाको सिमा नाकामा रहेको चोर बाटो खेतको आली हुदै केही दिन पहिला भारतियहरु नेपाल प्रवेश गरेपछी बीरगंजमा कोरोना संक्रमितहरुको संख्यामा बृदि भएको हो । पर्साको बीरगंज लगायत ग्रामिण भेगहरुमा अहिले स्थानिय प्रहरी प्रसाशनले भारतीयहरुलाई नेपाल प्रवेश गर्नमा कडाई गरेको छ भने नेपालीहरुलाई पनी घरायसी सामानहरु किनमेल गर्नका लागी भारत जानमा कडाई गरेपछी भारतियहरु नेपाल प्रवेश गर्न पाएका छैनन भने अहिले नेपाल भारतको सिमा नाकाहरुमा रहेका नेपालीहरु समेत मार्कामा परेकाछन ।
बारा जिल्लाको र पर्सामा रहेको सिमा नाकाका नेपाली नागरिकहरु खेतीको समयमा समेत भारतबाट मल खाद ल्याउन नपाउदा र चोरी लुकी चोर बाटो हुँदै लुकी छिपी ल्याए पनी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पक्राउ गर्ने र मल खाद खोसेर लाने र कुटपिट गर्ने गरेकोमा बारा बलिरामपुरका पुर्व गाविस अध्यक्ष किशोरी साह आक्रोश पोखेका छन्
पर्सा र बारा जिल्लाको सिमा नाकाहरुमा भारतियहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले कडाई गरेको छ । केही दिन पहिला बीरगंज पथलैया औधोगिक कोरिडोरमा काम गर्ने भारतिय मजदुरहरु भित्रेपछी अहिले बारा पर्साको उधोगहरुमा काम गर्ने भारतिय मजदुरहरुलाई करिव ३ साता पहिला स्थानिय प्रशासनले उनीहरुको पिसीआर टेस्ट गरेपछी उधोगमा काम गर्ने केही भारतीय नागरिकहरुमा कोरोना पुष्टी भएपछी बारा र पर्साको स्थानिय प्रसाशनले केही दिन पहिला बीरगंज पथलैया औधोगिक करिडोरमा रहेको बाराको सिमरा स्थित जगदम्बा सिल गरेको थियो ।
अहिले पर्सामा संक्रमितहरुको संख्या एक हजार दुई सय २१ जनामा कोरोना संक्रमित पोजेटिभ भेटिएको छ ।
बारा र पर्सामा कोरोनाको कारण तिस जना भन्दा बढीको मृत्यु समेत भैसकेको छ । पर्साको बीरगंजमा संक्रमितहरुको लागी नारायणी अस्पतालको अस्थाई कोभिड अस्पताल गंडक र बीरगंज हेल्थ केयर र वयोधालाई आईसोलेशन अस्पताल बनाएको छ भने बीरगंजमा रहेको सानो पाईला नामक संस्थाले नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना र प्रशासनहरु को लागी ४० बेडको आईसोलेशन वार्ड बनाएको छ । पर्सामा २४ सौ घण्टा लाईनमा खटेर काम गर्ने नेपाली सेनामा झण्डै आधा दर्जनमा कोरोना पुष्टी भएको छ भने नेपाल प्रहरी सशस्त्र प्रहरी बल गरी करिब एक दर्जन कोरोना पुष्टी भै सकेको छ ।
त्यसैगरी चार जना संचारकर्मीहरु कोरोना बिरामी निको भएर घर गई सकेका छन भने आईतवार एक जना बीरगंजका संचारकर्मीमा कोरोना पुष्टी भएको छ । करिव २ साता पिहला कोरोना पुष्टी भएका बीरगंज महानगरपालीकाका मेयर, पर्सा गढी नगरपालिकाका मेयर, र बहदुरामाई नगरपालिकाका मेयरको काठमाडौंमा उपचार भैरहेको छ । यसरी सिमामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतीयहरुलाई नेपाल प्रवेशमा बाराको बलिरामपुर नाका मुसहरवा नाका मटिअर्वा नाका र पर्साको बीरगंज महानगरपालिका १७ स्थित रहेको अलौ नाका, अमरपटी नाका भिष्वा नाका लगायतका स्थानहरुमा रोक लगाई आवत जावतमा कडाई गरेपछी अहिले भारतियहरु नेपाल प्रवेश गर्न पाएका छैनन ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्ष गंगा पन्त आफै दिनरात बीरगंज नगर लगायत ग्रामिण भेगमा समेत लकडाउन र निषेधाज्ञा पालन गराउनका लागी खटिरहने गरेकी छिन । यदी बारा पर्साको ग्रामिण भेगका नाकाहरुमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरुमै कडाई गरी भारतियहरुलाई नेपाल प्रवेशमा कडाई गरी आवत जावत गर्न नदिको भए आज पर्सा जिल्ला कोरोनाको हट स्पट बन्ने थिएन यस तर्फ स्थानिय प्रहरी प्रशासनले अझै चोर बाटोहरुमा समेत प्रहरीको जन शक्ती बढाई कडाई गर्नुपर्ने आवश्यक देखिएको छ ।
