मुख्य समाचार

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, बालुवाटारमा भव्य तयारी

काठमाडाैं, ३ भदाै । प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई साँझ पाँच बजे छलफलका लागि बालुवाटार बोलाइएको छ ।

ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक पहिलोपटक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीले संक्रमणकालीन न्याय निरुपण सम्बन्धि अल्झिएको विषयका गाँठो फुकाउनका लागि सबै दलका प्रतिनिधिहरूको कुरा सुन्न चाहेको उनको निजी सचिवालयले जनाएको छ ।

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीबिहीन छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।