शम्भु चौधरी लहान ७ साउन । सिरहाका २ हजार ५९ किसानको बैंकको व्याज सिरहामा भएको एक कार्यक्रमबीच प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बैंक तथा सहकारी संस्थाको खातामा रकम जम्मा गर्न चेक हस्तरान्तर गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी संस्थाहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।
उनले भने,‘ कोरोना प्रभावित किसानलाई राहत स्वरुप प्रदेश २ का ८० हजार ऋणिलाई व्याज प्रदान गर्ने कार्यक्रम रहेको छ । तर, हाल ३ लाख भन्दा कम ऋण लिएका किसानको खातामा रकम पठाउने क्रम सरकारले जारी राखेको छ ।’ उनले पहिलो चरणमा प्रदेश २ का झण्डै ५० हजार किसानको खातामा चार महिनाको व्याज रकम पठाइने बताए । ३० लाखसम्म ऋण लिएका किसानलाई राहत स्वरुप व्याज दिने र आगामी दिनमा प्रदेशका ८ वटै जिल्लाका कृषकलाई प्रदान गरिने समेत उनले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथिय आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादब र विशिष्ट अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी संस्थाहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।
सिरहा जिल्लाका १५ हजार ५ किसानको निवेदन परेको र मापदण्ड अनुसार २ हजार ५९ जना किसानलाई छनौट गरिएको तथा बाँकीलाई अर्को चरणमा वितरण गरिने बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले गर्नु भएको थियो । विशिष्ट अतिथियमा प्रदेश संसद प्रमोद यादब, पशु पंक्षि निर्देशनालय जनकपुरधामको प्रमुख जागेश्वर यादब, राष्ट्यि सहकारी बैँक प्रदेश २ को अध्यक्ष धुव्र यादब, तथा विभिन्न दलका नेता तथा कार्यकार्ताको उपस्तिथी रहेको थियो ।
