मुख्य समाचार · समाचार

कोरोना प्रभावित ५५ नेपालीलाई एनआरएनए कताले हवाई टिकट उपलब्ध गराउने निर्णय

राम एकवाल राम , दोहा कतार २ साउन –
कोरोना महामारीको कारण कतारबाट नेपाल फर्कन नसकेका नेपाली कामदारहरुकोलागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)कतारले ५५ जना नेपालीलाई हवाई टिकट उपलब्ध गराउने भएको छ।
संघले एक सूचना प्रकाशित गर्दै स्वास्थयमा गम्भीर समस्या भएका लामो समयदेखि कतारको अस्पतालमा उपचार गराईरहेका र कोरोनाका कारण रोजगारी गुमाई बाध्यताबस स्वदेश फर्कनै पर्ने तर नेपालबाट रकम जुटाउन नस्कने अवस्थामा रहेका नेपालीहरुकोलागि टिकट उपलब्ध गराउने जनाएको छ।
त्यसकालागी पीडित आफ्नो नाम थर पासपोर्ट कपी आईडी वा भिसाको कपी नेपालको ठेगाना कम्पनीको नाम घर फिर्ता हुननसकेको कारण लगायत अन्य विवरण भरेर [email protected] मा बुझाउनु पर्ने उनले बताए ।