काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसंगको वार्ता अघि बढाउने बताउनुभएको छ । रोल उहाँले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताउनुभएको हो । संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने बताउनुभयो
नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अब छिट्टै वार्ता हुने’ बताउनुभयो ।
सम्बन्धित खबर
रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय
मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई नयाँ पिकअप भ्यान
आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
