मुख्य समाचार · राजनीतिक

कांग्रेसका सांसद अभिशेषप्रताप शाहले सगरमाथामा चीनले एकतर्फी रुपमा सर्भे टिम भएको भन्दै आपत्ति जनाए

काठमाण्डाैं १९ जेठ। नेपाली कांग्रेसका सांसद अभिशेषप्रताप शाहले सगरमाथामा चीनले एकतर्फी रुपमा सर्भे टिम भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले नेपाल–चीनबीच सहमति भएर मात्रै सगरमाथामा सर्भे टिम पठाउनुपर्ने बताए ।

‘२० मे २०२० मा चीनको अफिसियल पेज जिन्ह्वा कल्चर एण्ड ट्राभल्सले माउन्ट एभरेष्ट सगरमाथा चीनको भाषामा माउन्ट कोमालाङमामा सर्भे टिम पठाएको छ’, उनले भनेका छन् ।

‘त्यो सर्भे टिम नेपालसँग परामर्श गरेर पठाएको हो कि ? २७ मेमा देखाएको छ चाइना सिन्ह्वा न्युजले देखाउँछ त्यहाँ चिनियाँहरू गएर फाइभ जी टावर पनि लगाएका छन्’, सांसद शाहले भने, ‘नेपाल–चीनबीच सहमति भएर मात्रै त्यहाँ सर्वे टिम पठाउनुपर्ने थियो ।’