मुख्य समाचार

उपनिर्वाचन मंसिर १४ गते, ५० पदका लागि मतदान

साउन १७, २०७६ काठमाडौं : निर्वाचन आयोगले संघीय संसदको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

बिहीबार सर्वदलीय बैठक बोलाएर छलफल गरेको आयोगले शुक्रबार मंसिर १४ गतेका लागि उपनिर्वाचनको मिति तोकेको हो। आगामी मंसिर १४ गते शनिबार उपनिर्वाचन गर्ने मिति तय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन हुनेछ। तीनै तहमा गरी ३७  जिल्लामा ५० पदका लागि उपनिर्वाचन गरिने प्रवक्ता खरेलले बताए। मिति तोकिएसँगै आयोगले अब तीव्र गतिमा उपनिर्वाचनको तयारी थाल्ने जनाएको छ।थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।