मुख्य समाचार

राजपा संविधान संशाेधनकाे विपक्ष

गौशाला १८ जेठ।राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएको छ । तर मत भने विपक्षमा नहाल्ने तयारी राजपाको रहेको छ ।शनिबार सिंहदरबारमा बसेको राजपा संसदीय दलको बैठकले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मत नहाल्ने निर्णय गरेको सांसद प्रमोद साहले जानकारी दिए ।

नेपालको संविधानको अनुसूची-३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधि सभामा प्रस्ताव दर्ता भइसकेको छ ।
सांसद साहले सरकारले गर्न लागेको संविधान संशोधनमा आफूहरुका माग सम्बोधन नभएकाले संविधान संशोधनको पक्षमा आफूहरु सहमत नभएको बताए ।
राजपासँग पार्टी एकता गरेको समाजवादी पार्टीले भने के गर्ने भन्ने टुंगो लगाएको छैन ।

पार्टी विभाजन हुने अवस्था आएपछि दुवै पार्टीले एकाएक पार्टी एकता घोषणा गरेका थिए । तर कानुनी मान्यता भने अहिलेसम्म पाएको छैन ।
भारतले अतिक्रमण गरेको भूमिसहित नक्सा जारी भए पनि संविधानको अनुसूचीमा पुरानै नक्सा रहेकाले कानुनी मान्यता दिनका लागि संविधान संशोधन गर्न लागिएको हो ।भोलि बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्तावमा छलफल हुने भएको छ ।