काठमाडौं । ‘मिस नेपाल वल्र्ड २०१८’ श्रृङ्खला खतिवडाले तत्कालै विवाह गर्ने सोच नभएको बताएकी छन् अहिले नै विवाह नगर्ने, पहिला करिअर बनाउने तयारीमा छु, ‘मास्टर्स’ पढ्ने सोचमा छु, अहिलेनै विवाह नगर्ने सोचमा छु ।
उन्ले भनिन् विवाहको बारेमा सबै परिवारले आफ्ना बालबालिकालाई सल्लाह दिनु पर्छ यो आवश्यक कुरा हो तर, दवाव दिनु हुन्न। आफ्नो परिवारबाट भने कुनै पनि दवाव नआएको उनले जिकिर गरिन्। खतिवडाले भनिन्, ‘मलाई त कुनै पनि दवाव छैन।
म सबैको परिवारमा मेरो जस्तै हरेक कुरामा आत्मनिर्णयको वातावरण होस भन्ने चाहान्छु। विवाह उमेरले गर्ने भन्दा पनि मनोभावनाले हुनुपर्नेमा खतिवडाको जोड छ।
‘म विवाहको लागि योग्य भएँ भन्ने आत्मविश्वास आएपछि विवाह गर्दा हुन्छ।’ उनले भनिन्।
